PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

राप्रपा(प्रजातान्त्रिक)द्वारा निर्वाचन परिचालन समिति गठन, संयोजकमा रामचन्द्र राय



रासस

राप्रपा(प्रजातान्त्रिक)द्वारा निर्वाचन परिचालन समिति गठन, संयोजकमा रामचन्द्र राय

काठमाडौँ  :  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेता रामचन्द्र रायको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ। 

समितिमा प्रदेश नं २ का जिल्ला अध्यक्ष तथा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यलाई समावेश गरिएको छ। आगामी असोज २ गते हुन लागेको निर्वाचनमा दलका तर्फबाट छानिने उम्मेदवारलाई स्वतन्त्रका तर्फबाट उठाइने नेता राजाराम श्रेष्ठले जानकारी दिए।

राप्रपाबाट विभाजन भएर पृथक् दलका रुपमा अस्तित्व कायम गरेको सो पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउन नपाएका कारण दलका उम्मेदवारलाई स्वतन्त्र उठाउन लागिएको छ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि भने दल दर्ता भएको छ। 

निर्वाचनका लागि उम्मेदवार छनोट, स्थानीय तहमा क्रियाशील विभिन्न दलसँगको सहकार्य तथा तालमेल गरी उम्मेदवारलाई जिताउन समितिले भूमिका निर्वाह गर्ने छ।

प्रदेश नं २ का १३६ स्थानीय तहमध्ये पार्टीले जित्ने सम्भावना भएका स्थानमा अन्य दलसँग तालमेल गरी सहयोग लिने तथा सम्भावना नभएका स्थानमा अन्य दललाई सहयोग गर्ने नीति पार्टीले लिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell