PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

शशांकको दाबीः दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो पार्टी



पहिलोपोस्ट

शशांकको दाबीः दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो पार्टी


चितवनः  नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले प्रदेश नम्बर २ मा हुने निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस चितवनले भरतपुरमा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले पार्टीभित्र देखिएका समस्या समाधान भएकाले दुई नम्बर प्रदेशमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। 

उनले भने,‘ कांग्रेसमा विभिन्न समस्याहरु थिए, अब ति सबै अन्त्य भएका छन्, कांग्रेसीहरु सचेत भएका कारण पनि अब पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन।’

कोइरालाले कार्यकर्ता एकढिक्का भएसँगै मधेसी जनतालेसमेत कांग्रेस चाहेको बताए। 

कांग्रेस सधैं लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको भन्दै कोइरालाले कांग्रेसकै एजेण्डाका कारण मुलृुकमा परिर्वतन संस्थागत हुँदै गएकोसमेत बताए। 

उनले जनप्रतिनिधिलाई मुलुकलाई समृद्ध बनाउनेतर्फ अग्रसर हुन निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell