PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

कुलमानले भने, 'ऊर्जामन्त्री र अख्तियारलाई जोडेर आएको समाचार सत्य छैन'



पहिलोपोस्ट

कुलमानले भने, 'ऊर्जामन्त्री र अख्तियारलाई जोडेर आएको समाचार सत्य छैन'


काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जामन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग आफूलाई जोडेर आएका समाचार सत्य नरहेको बताएका छन्। 

आज विज्ञप्ति जारी गर्दै घिसिङले 'ऊर्जा मन्त्री, श्रीमान् ऊर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको' बताएका छन्।

आज प्रकाशित नागरिक दैनिकले 'अख्तियार लगाएर कुलमान हटाउने खेल' शीर्षकको समाचारमा घिसिङ, राजीव शर्मा, प्रबल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध सम्पति छानबिनका लागि निवेदन दिइएको' उल्लेख गरेको थियो। 

यस्तो छ कुलमानको विज्ञप्ति- 
 
विभिन्न सञ्चार माध्यममा माननीय ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही,अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मलाई जोडी सम्प्रेषित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा कुनै सत्यता नरहेको पनि प्रष्ट पार्न चाहन्छु।

अहिलेको ऊर्जा संकट समाधान गरी उज्यालो नेपाल निर्माण गर्ने,निर्माणाधीन जलविद्युत तथा प्रसारण/वितरण लाइन आयोजना निर्माणलाई तिब्रता दिने, प्राधिकरणको वित्तीय तथा प्रशासकीय सुधार गर्ने, समग्र ऊर्जा क्षेत्रको पुर्नसंरचना गरी ऊर्जामा आत्मनिर्भर बनाउने लगायतका काम माननीय ऊर्जा मन्त्रीको नेतृत्वमा अगाडि बढाइरहेको अवस्थामा सम्प्रेषित यस्ता समाचारले नकारात्मक सन्देश प्रवाह गर्ने छ।

माननीय ऊर्जा मन्त्री, श्रीमान् ऊर्जा सचिव लगायत उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणको सम्पूर्ण टिम एक ढिक्क भएर उर्जा क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्न तदारुक्ताका साथ अगाडि बढिरहेको व्यहोरासमेत जानकारी गराउँदछु।

दिगो रुपमा ऊर्जा संकट समाधान गरी ऊर्जामाआत्मनिर्भर बनाउन चालिएका कदम सफल बनाउन सबैपक्षको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।

कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपाल विद्युत प्राधिकरण




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell