
बीबीसीः उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा व्यालेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ।
जापानको उत्तरी हकाइदो टापुको करिब तीन हजार किलोमिटरसम्म क्षेप्यास्त्र पुगेको बताइएको छ।
उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो र मानिसहरुलाई भुईँतला वा पक्की घरमा लुक्न आग्रह गरिएको थियो।
जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाद्वारा गरिएको पछिल्लो क्षेप्यास्त्र परीक्षण ‘अभूतपूर्व, गम्भीर र देशका लागि खतरा’भएको प्रतिक्रिया दिएका छन्।
एकजना उच्च जापानी अधिकारीले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप जापानले ‘उपयुक्त कदम’ चाल्ने बताएका छन्।
उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएपनि जापानी आकाशसम्म पुगेको यो पहिलो घटना हो।
स्थानीय सञ्चारमाध्यमका अनुसनर बिहानै परीक्षण गरिएको क्षेप्यास्त्र समुद्रमा खस्नुअघि तीन टुक्रा भएको थियो।
उत्तर कोरियाले गत शुक्रवार र शनिवार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो।