PahiloPost

Jun 24, 2026 | १० असार २०८३

प्रचण्डको दाबीः दुई नम्बर प्रदेशमा एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन



रासस

प्रचण्डको दाबीः दुई नम्बर प्रदेशमा एक नम्बर हुनबाट कसैले रोक्न सक्दैन

लहान :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन्। 

सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाटमा अध्यक्ष प्रचण्डले अन्य प्रदेशमा आफ्नो पार्टी तेस्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको निर्वाचनमा पहिलो बन्ने दाबी गरे। 

अध्यक्ष प्रचण्डले भने,‘हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन।’ 

उनले माओवादी विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको दाबी गरे। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell