PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

ओयाको विश्वव्यापी शैक्षिक तथा व्यवसायिक सम्मेलन



पहिलोपोस्ट

ओयाको विश्वव्यापी शैक्षिक तथा व्यवसायिक सम्मेलन

काठमाडौं: ओया अपरिच्युनिटीजले विश्वव्यापी शैक्षिक तथा व्यवसायिक सम्मेलन गर्ने भएको छ। विभिन्न देशका संघ, संस्था तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ काठमाडौंको ककनीमा ३ दिन लामो अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको हो।

इन्डियाको लाउड माइन्डस्, हङकङको फयुचर ह्याक र ओयाको संयुक्त आयोजनामा हुने सम्मेलनमा विभिन्न देशका व्यवसायिक संघ संस्था र सहभागी बीच व्यवसायिक अन्तर्क्रिया हुनेछ। यो कार्यक्रम नेपालमा हुने पहिलो अन्तराष्ट्रिय अन्तरक्रियात्मक कार्यक्रम बन्ने ओयाको दाबी छ। विभिन्न देशका ५० प्रतिस्पर्धीलाई आआफ्नो व्यापारिक बिचार र अनुभवहरु साट्ने र एकअर्का बीच छलफल गराइने आयोजक ओया अपरिच्युनिटीले बताएको छ।

एमआइटी ग्लोबल एन्ट्राप्रिनियरसिल बुटक्याम्प तथा वाट्सन विश्व विद्यालय समर्थित कार्यक्रममा १० उत्कृष्ट व्यापारीहरुको समेत सहभागिता रहनेछ।

'रचनात्मक तथा विवेकशिल सदस्यहरुको सहभागीता एउटै कार्यक्रममा हुनेछ। यस कार्यक्रम सिर्जनशिल युवाहरुको लागि स्वर्णिम अवसर हो', ओया अपरच्युनिटीजका तर्फबाट खगेन्द्र आचार्यले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell