PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

नेशनल कलेज सम्बन्धन प्रकरणः 'लोकतन्त्रको लाज नामक वृतचित्रमा'



पहिलोपोस्ट

नेशनल कलेज सम्बन्धन प्रकरणः 'लोकतन्त्रको लाज नामक वृतचित्रमा'

काठमाडौँ: सोलिडारिटी फर डाक्टर गोविन्द केसी एलाइन्स र नागरिक समाजका अगुवाहरुले टुरिजम बोर्डको हलमा ‘लोकतन्त्रको लाज’ नामक वृतचित्र पर्दशन गर्ने भएका छन्। वृतचित्र आज २ वजे प्रर्दशन हुनेछ। यस्तै स्वास्थ्य क्षेत्रमा देखिएका विकृतीबारे अन्तरक्रिया समेत हुनेछ।

सोलिडारिटी फर डाक्टर केसी एलाइन्सका सदस्य अभिषेक सिहंका अनुसार नेशनल कलेजले पाएको सम्बन्धनपछि सरकारी पक्ष मौन बसेको विषायमा छलफल हुनेछ। ‘डाक्टर गोविन्द केसीको मागमा सरकारले गरेको बेवास्ता र अब कसरी अगाडि बढ्ने बाटो तयार हुन्छ। नागरिक समाजका अगुवाहरुले दिएको सुझावअनुसार अगाडि बढ्छौँ।’

कार्यक्रममा नागरिक समाजका अगुवा, स्वतन्त्र युवा संगठनका सयभन्दा बढी युवाहरु उपस्थित हुने सिंह बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell