PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

'रानी'को टिजर, मलिना जोशीको प्रेममा अनुप बिक्रम शाही भिलेन



पहिलोपोस्ट

'रानी'को टिजर, मलिना जोशीको प्रेममा अनुप बिक्रम शाही भिलेन

काठमाडौं: फिल्म ’रानी’को टिजर सार्वजनिक भएको छ। फिल्मको कास्ट र विषय जानकारी सहितको म्युजिकल टिजर फिल्म युनिटले युट्युबमार्फत सार्वजनिक गरेको हो।

फिल्मका डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठसंग मलिना जोशीको प्रेमलाई टिजरमा देखाइएको छ। सार्वजनिक टिजरमा गीतका केहि दृश्य र फिल्मको ट्विस्टलाई समेटिएको छ। फिल्ममा अनुप विक्रम शाही पनि छन्। उनि फिल्ममा एन्टागोनिस्ट छन्। त्रिकोणात्मक प्रेम कथामा अवरोध निम्त्याउने पात्रको रुपमा अनुप देखिएका छन्।

भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन्। दयाराम दाहाल निर्देशित फिल्मलाई पुरुषोत्तम प्रधान, सिसन बानियाँ र मान कृष्ण महर्जनले खिचेका हुन्। फिल्ममा विजय घिमिरेको संगीत, अर्जुन जिसीको सम्पादन रहेको छ। बिमल मान गुभाजुको निर्माण रहेको यो फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell