PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

डिफेन्डिङ च्याम्पियन कर्बर युएस ओपनको पहिलो चरणबाटै आउट, जापानी खेलाडीसँग सोझो सेटमा पराजित



पहिलोपोस्ट

डिफेन्डिङ च्याम्पियन कर्बर युएस ओपनको पहिलो चरणबाटै आउट, जापानी खेलाडीसँग सोझो सेटमा पराजित

डिफेण्डिङ च्याम्पियन एन्जेलिक कर्बर वर्षको चौथो तथा अन्तिम ग्राण्ड्सलाम टेनिस युएस ओपनको पहिलो चरणबाटै बाहिरिएकी छिन्।

विश्व नम्वर ६ वरीयताकी जर्मन खेलाडी कर्बर जापनी टिनएज खेलाडी नाओमी ओसाकासँग ६-३, ६-१ ले पराजित भएकी हुन्।

४५औँ वरीयताकी १९ वर्षिय खेलाडीसँग सोझो सेटमा हारेपछि कर्बरले वरीयतामा शीर्ष दशबाट समेत बाहिरिने भएकी छिन्।

एक वर्ष अगाडि युएस ओपन जितेयता १२ महिनामा कर्बरले कुनै पनि प्रतियोगितथा जित्न सकेकी छैनन्।

पराजित भएपछि कर्बरले अजैपनि आफू उही व्यक्ति र उही खेलाडी भएकव प्रतिक्रिया दिइन्। 'मलाई थाहा छ म स्ट्रोङ छ र यो पनि थाहा छ निश्चय नै म अझै राम्रो बनेर कमब्याक गर्नेछु।'

यता जितपछि जापानी टिनएज खेलाडी ओसाकाले यो जित आफ्नोलागि धेरै थोक भएको बताइन्।

यस्तै स्पेनी रफेल नाडाल सर्वियाका डुसान लाजोभिकलाई सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन्। नाडाले लाजोभिकलाई ७-६,६-२,६-२ ले पराजित गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell