PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

श्वेता खड्काको माझी बस्ती निर्माणलाई २० लाख सहयोग



पहिलोपोस्ट

श्वेता खड्काको माझी बस्ती निर्माणलाई २० लाख सहयोग

काठमाडौं: श्वेताश्री फाउण्डेशनले निर्माण गर्दै गरेको एकिकृत नमुना माझी बस्ती निर्माणका लागि २० लाख नगद सहयोग मिलेको छ। नायिका श्वेता खड्काको संयोजन रहेको परियोजनाका लागि बंगलादेशको स्थापित ढाका क्लबले उक्त रकम सहयोग गरेको हो।

मंगलबार बस्तीमै पुगेर क्लबका कार्यकारी अधिकृत जाहिरुल आलिमले श्वेताश्री फाउण्डेशनका सल्लाहकार प्रेम खत्रीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। आलिमले गत २०७२ बैशाख १२ गते गएको भूकम्पले माझी बस्तीलाई पुर्याएको क्षति देखेर आर्थिक सहयोग गरेको बताए।

सिन्धुपाल्चोक जिल्लाको झ्याडी माझी टोलमा भूकम्पबाट प्राभावित ५६ माझी घरहरुमध्ये दशवटा घरको जग बसालिएको छ।

फाउण्डेशनका अध्यक्ष अभिनेत्री श्वेता खड्का भने फिल्म कान्छी छायांकनका लागि व्यस्त रहेकाले मंगलबार बस्ती पुग्न सकिनन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell