PahiloPost

Mar 19, 2026 | ५ चैत्र २०८२

बाढीका कारण अफ्रिकी मुलुक नाइजरमा ४४ जनाको मृत्यु



रासस

बाढीका कारण अफ्रिकी मुलुक नाइजरमा ४४ जनाको मृत्यु
फोटो श्रोतः guardian.ng

नाइजर :  पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमीलगायतका देशका अन्य भागमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ। 

नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले दिएको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे वर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन्।

उक्त क्षेत्रमा गत शनिबारदेखि सुरु भएको वर्षा अझै पनि जारी छ। गवाउगौरा गाउँ प्रमुख सालेय अव्दाउहेले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई खतरामुक्त क्षेत्रमा रहेका विद्यालयमा शिविर बनाई बस्न आग्रह गरेका छन्। 

सरकारले बाढी प्रभावित नागरिकलाई खाद्यान्न वितरण गर्ने व्यवस्था मिलाएको बाकोले बताए। उक्त क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले बास तथा तत्काल पुर्याउनुपर्ने आधारभूत सेवाको लागि काम गरिरहेका छन्। रासस/एपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell