PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

'ऐश्वर्य'मा दीपिका प्रसाईं, डेब्यु फिल्ममा मोडलकै भूमिका



पहिलोपोस्ट

'ऐश्वर्य'मा दीपिका प्रसाईं, डेब्यु फिल्ममा मोडलकै भूमिका

काठमाडौं: फिल्म ऐश्वर्यको टिजर सार्वजनिक भएको छ। रिलिज मिति कार्तीक २ बाट ९ मा सारेको फिल्म युनिटले प्रचारको लागि यसअघि गीत सार्वजनिक गरेको थियो। अहिले उक्त गीतको अंश र फिल्मको मुख्य विषय अटाएको टिजर सार्वजनिक भएको हो।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अभिनय क्षेत्रको दुई पुस्ता एकसाथ देखिएका छन्। वैश्णु देवि फिल्म ब्यानरको प्रस्तुती रहेको फिल्मलाई किरण राणा उप्रेती, अर्जुन श्रेष्ठ र निर्मल शर्माले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरु रमेश उप्रेती, दीपिका प्रसाईं, केकी अधिकारी, प्रशान्त ताम्राकार, केशव भट्टराई, निर्मल शर्मा, अर्जुन जंग शाही, तेन्जु योन्जन, बिकास खतिवडा, अमृत पोखरेल, सुनिता ठाकुरको अभिनय रहेको छ। छायांकार सुदिप बरालले खिचेको फिल्ममा संगीत अर्जुन पोखरेल र बिराज गौतमले दिएका हुन् भने हिमाल केसीको द्वन्द्ध रहेको छ। फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।

फिल्म रिलिज टार्गेट सरेको बारे निर्माता एवं अभिनेता रमेश उप्रेतीले भने,'हाम्रो टीमले वितरकको आग्रहलाई सम्बोधन गर्न डेट सारेका हौं। नेपाली हिन्दी गरेर चार पाँच फिल्म जुध्ने भयो। घाटा जुन फिल्मलाई लागेपनि त्यो राम्रो होइन। त्यसैले टिमको निर्णय कार्तिक ९ मा फिल्म सार्वजनिक गर्ने भएका हौं।'

अभिनेत्री दीपिका प्रसाईंको यो डेब्यु फिल्म हो। मोडलिङ पृष्ठभूमीबाट आएकी उनी फिल्ममा पनि मोडल कै रुपमा देखिदै छिन्। 'मोडलिङ मै सक्रिय रहने फिल्म नगर्ने सोच थियो। तर फिल्मको विषय मनपर्‍यो। फिल्ममा पनि मोडलिङ नै गर्न पर्ने भएपछि झन् उत्साहित भएँ।' 

फिल्ममा मोडल प्रशान्त ताम्राकारको पनि मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell