PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

सुरक्षाको माग गर्दै वीरगञ्जका स्वास्थ्यकर्मी आन्दोलनमा,  अस्पतालका सबै सेवा ठप्प



राधेश्याम पटेल

सुरक्षाको माग गर्दै वीरगञ्जका स्वास्थ्यकर्मी आन्दोलनमा,  अस्पतालका सबै सेवा ठप्प

वीरगञ्जः  सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीले आज वीरगञ्जका सबै अस्पतालमा सेवा ठप्प पारेका छन्।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिकबाहेक अन्य सबै अस्पतालमा सेवा ठप्प छन्।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलार्इ कारवाही र सुरक्षाको प्रत्याभूतिको माग गरेका छन्।

दुई महिनाको अवधिमा दुई अस्पतालका दुई चिकित्सक कुटिएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका हुन्।

एक महिना अघि नारायणी उपक्षेत्रीय अस्पतालका डा. चाँदनी पाण्डेलगायत नर्समाथि वीरगञ्ज छपकैयाको एउटा परिवारले कुटपिट गरेको थियो। त्यति बेला पनि वीरगञ्जका चिकित्सकहरु दोषीलाई पक्राउ गरी आवश्यक कारवाहीको माग गर्दै आमहाड्तालमा उत्रेका थिए। 

फेरि, गत शनिबार वीरगञ्जको विर्तास्थित एडभान्स मेडिकेयर अस्पतालका बालरोग विशेषज्ञ डा. सन्जय अग्रवालमाथि पनि कुटपिट भयो। राम्रो उपचार नगरेको भन्दै अग्रवालमाथि कुटपिट भएको थियाे ।

नेपाल चिकित्सक सङ्घ, नारायणी वीरगंजले विज्ञप्ती जारी गरी सङ्घका कोषाध्यक्षसमेत रहेका डा. अग्रवालमाथि भएको कुटपिटमा संलग्न दोषीलार्इ कारवाही गर्नेतर्फ स्थानीय प्रहरी प्रशासनले तदारूकता नदेखाएका कारण आन्दोलनमा जान बाध्य भएको बताएको छ।

स्वास्थ्यकर्मीको आन्दोलनका कारण विरामी भने मारमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell