
टोकियो : बेलायती प्रधानमन्त्री थेरेसा मेले बुधबारदेखि जापानको भ्रमण सुरु गरेकी छन्। उनले बेलायतको ब्रेक्जिटको त्राससँगै बेलायतको भ्रमण सुरु गरेको बताइएको छ।
उनी बुधबार ओसाका आइपुगेकी छन्। यसपछि मात्र जापानको राजधानी टोकियो पुग्ने कार्यक्रम छ। विश्वको तेस्रो ठूलो अर्थतन्त्रसँग स्वतन्त्र व्यापारसम्बन्धी वार्ताका लागि यहाँ आइपुगेको उनले बताए।
तीन दिनसम्म यहाँ टोयोटा कम्पनीका अध्यक्षसँग द्विपक्षीय व्यापारसम्बन्धी वार्तामा सहभागी हुनुहुने ओसाकाका सञ्चारमाध्यमले जनाएकाे छ।
मेलेले जापानमा रहँदा प्रधानमन्त्री सिन्जो आबे र सम्राट अकिहितोसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेकाे पनि समाचारमा जनाइएको छ।
बेलायतमा एक हजारभन्दा बढी जापानी कम्पनीले उत्पादनको काम गरिरहेका छन्। त्यसैगरी करिब १ लाख ४० हजार जापानी बेलायतका विभिन्न रोजगारमा संलग्न छन्।
यीमध्ये टोयोटालगायतका कम्पनीहरुले बेलायतमा निकै ठूलो परिमाणमा व्यापार गर्ने गर्दछन्। उनीहरुको यहाँको उत्पादन जापानी बजारमा गरिने तथा निकासी पनि हुने गरेको छ।
जापानमा निर्माण हुने आइफोनका लागि चिप्सहरुको उत्पादन जापानी कम्पनीले बेलायतमा उत्पादन गर्ने गरेका छन्।
जापानी प्रधानमन्त्री आबेले यसैवर्ष बेलायतको भ्रमण गरेका थिए। उनले जापान र बेलायतका ब्यापारको परिमाणलाई बढाउन के कसरी सकिन्छ भन्ने बारेमा पनि कुराकानी गरेका थिए।
उत्तर कोरियाले जापानको समुद्रमा क्षेप्यास्त्र खसालेको भोलिपल्ट बेलायती प्रधानमन्त्री मेले उत्तर कोरियाले गरेको क्षेप्यास्त्र परीक्षणको निन्दा गरेकी छन्।
उनले यस्तो अवैध र अन्तर्राष्ट्रिय समुदायलाई नै चूनौति दिएर गरिएको यस्तो उत्तेजक क्रियाकलापका बिरुद्धमा जापानलाई साथ दिने र एक भएर लड्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
बेलायत यसअघिको प्रतिबद्धता बमोजिम युरोपेली युनियनबाट बाहिरिने समय नजिकिँदै छ। यस्तो अवस्थामा उनले विश्वको तेस्रो ठूलो अर्थतन्त्रका रुपमा रहेको जापानको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। रासस/एएफपी