PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

गोरखाका एक सय १३  विद्यालय पुनःनिर्माण



रासस

गोरखाका एक सय १३  विद्यालय पुनःनिर्माण

गोरखा :  फिन चर्च एडले भूकम्पले भत्काएका गोरखाका ११३ विद्यालयमा २२६ वटा कक्षाकोठा पुनःनिर्माण गरेको छ। 

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, मसेल, बगुवा, ताप्ले, मान्वु, आरुघाटलगायत क्षेत्रका विद्यालयमा अर्धपक्की भवन निर्माण गरिएको फिन चर्च एडकी कार्यकारी व्यवस्थापक जेभिस रानाले जानकारी दिए। 

दुईकोठे एउटा भवन पुनः निर्माणलाई १० लाख ३८ हजार रुपैयाँ लगानी भएको छ। भवन पुनः निर्माणलाई ४.५ मिलियन सहयोग आएको थियो।

गोरखा नगरपालिकाभित्रका नवज्योति प्रावि, चन्द्रज्योति प्रावि, राजवृक्ष प्रावि, गोरखकाली प्रावि, भगवती प्रावि, बज्रभैरव प्रावि, बालविकास प्रावि, सूर्यज्योति निमाविलगायत विद्यालयमा भवन निर्माण गरिएको हो। 

विद्यालयमा दुईकोठे भवन निर्माण गर्नुका साथै मदरसा पनि पुनःनिर्माण गरेको फिन चर्च एडका जिल्ला संयोजक किसन श्रेष्ठले बताए।

पक्की विद्यालय भवन निर्माण नभएसम्म अर्धपक्की भवनबाट पठनपाठन भइरहेका छन्। फिन चर्च एडले गोरखामा ११३ विद्यालय, मकवानपुरमा १११ र सिन्धुलीमा ९८ वटा विद्यालय भवन निर्माण गरिदिएको छ। 

युरोपियन युनियन, युनिसेफ र फिन चर्च एडले संयुक्त लगानी गरी विद्यालय भवन निर्माण गरेका हुन्। गोरखामा विश्व परिदृश्य वकालत मञ्चले दाताहरुको अर्थ सहयोगमा विद्यालय भवन निर्माण गरेको हो। 

जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले भूकम्पबाट क्षति पुगेका ४४९ विद्यालयमध्ये अहिलेसम्म २०५ वटा पुनःनिर्माण भइसकेको र १५० वटा प्रावि तहका विद्यालय पुनःनिर्माणमा स्रोत जुटाउन बाँकी रहेको बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell