PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

प्रहरीमा एसएसपी पद घटाउने तयारी



पहिलोपोस्ट

प्रहरीमा एसएसपी पद घटाउने तयारी

काठमाडौं : सरकारले केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदको दरबन्दी खारेज गर्ने र प्रहरी नायब महानिरीक्षक पद (डिआइजी ) को दरबन्दी यथावत कायम गर्ने तयारी गरिरहेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा समेत यस बिषयमा छलफल भएको सरकारका प्रवक्ता मोहन बहादुर बस्नेतले जानकारी दिए। छलफलमात्रै भएको तर कुनै पनि निर्णय भइनसकेको उनले जानकारी दिए। 

हाल नेपाल प्रहरीमा ७७ जना एसएसपी र प्राविधिक सहित गरेर ३४ जना डिआइजीको दरवन्दी छ। संघीय संरचनामा जाने वित्तिकै प्रहरीको थप सङ्ख्या आवश्यक पर्ने देखिएको हो। संघीय प्रहरी ऐन लागू भएसँगै प्रहरी सङ्ख्या बढाउने गृहकार्य भइरहे पनि कुन दर्जामा कति प्रहरी थप हुने भन्ने यकिन नभइसकेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell