PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

भारतमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति मर्यादा विपरितः बिजुक्छे



पहिलोपोस्ट

भारतमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति मर्यादा विपरितः बिजुक्छे

भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिव्यक्ति संसदको मर्यादा विपरित भएको बताएका छन्।

भक्तपुरमा रफत सञ्चार क्लबले गरेको साक्षात्कारमा बिजुक्छेले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्रीलाई के बोल्ने भन्नेबारेमा जानकारीसमेत नहुनु दुःखद भएको बताए।

उनले देउवाले पहिले नै गरेको प्रतिवद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताए ।

बिजुक्छेले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोपसमेत लगाए।

बिजुक्छेले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै बिदेशीहरुले जानकारी पाउनु त्यसैको उदाहरण भएको बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell