PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

एपीवान र इपीएलबीच ब्रोडकास्टिङका लागि १ करोडको सम्झौता



पहिलोपोस्ट

एपीवान र इपीएलबीच ब्रोडकास्टिङका लागि १ करोडको सम्झौता

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (इपीएल) को अफिसियल ब्रोडकास्टर पार्टनरको रुपमा एपीवान टेलिभिजन रहने भएको छ।

इपीएलका म्यानेजिङ डिरेक्टर आमिर अख्तर र एपीवान टिभिका म्यानेजिङ डिरेक्टर लक्ष्मी पौडेलले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन्।

फ्रेन्चाइजका आधारमा ६ टिम बनाएर सञ्चालन गरिने प्रतियोगिता इपीएलका लागि २०१७ देखि २०१९ सम्म एपीवान ब्रोडकास्टर पार्टनरको रुपमा रहनेछ।

पहिलो वर्षका लागि १ करोडको सम्झौता भएको छ। जस अनुसार एपीवानले पहिलो वर्ष इपीएललाई ५० लाख नगद प्रदान गर्नेछ भने ५० लाख बार्टरको रुपमा सम्झौता रहेको।

त्यसपछिका दुई वर्षमा १० प्रतिशतका दरले सम्झौता रकम थप हुँदै जाने इपीएलका डिरेक्टर आमिरले बताए।

एपीवानले प्रदान गर्ने नगद ५० लाख ६ फ्रेन्चाइज र आयोजक गरी सात टोलीलाई ७ लाख १४ हजारका दरले बाँडिने छ। बाँकी ५० लाखमा भने एपीवानले इपीएललाई प्रोडक्सन, एअरटाइम र एडभर्ट टाइम प्रदान गर्नेछ।

सम्झौतापछि इपीएलका डिरेक्टर आमिर अख्तरले एपीवानले खेलक्षेत्रमा लगानी गरिरहेकोले ब्रोकास्टरका लागि एपीवानसँग जोडिएको बताए। 'नेपाली क्रिकेटको ब्रोस्कास्टिङमा अब नयाँ रिभोलुसन हुनेछ।'

एपीवानका डिरेक्टर लक्ष्मी पौडेलले डिपीएलबाट शुरु गरेको लाइभ ब्रोडकास्ट यात्रा इपीएलसम्म आइपुगेको र नयाँ टेक्नोलोजी प्रयोग गर्दै अघि बढ्ने बताए। उनले इपीएल फरक किसिमको देखिएका कारण सम्झौता गरेको बताए।

एपीवानले सम्झौतापछि इपीएलका सबै खेलहरु लाइभ ब्रोडकास्ट गर्नुका साथै, म्याच एनालाइसिस, प्रिजेन्टेसन सेरेमोनी, प्रतियिगता अघिकव अक्सन र अरु प्रोमोशनल इभेन्टहरुको कभर गर्नेछ।

इपीएल लाइभ गर्नका लागि एपीवानले १२ वटा क्यामेरा प्रयोग गर्ने, थर्ड एम्पाएर राख्ने, मैदानमा ठूलो साइड स्क्रिन राख्ने र स्कोरहरुको ग्राफिक्स तयार पार्ने लक्ष्मी फडेलले जनाए।

आमिर अख्तरले सम्झौतापछि नै छ फ्रेन्चाइजलाई २५ प्रतिशत रकम उपलब्ध गराउने बताए। यस्तै २५ प्रतिशत प्रतियोगिता अघि र बाँकी ५० प्रतिशत प्रतियोगिता पछि दिने गरी सम्झौता भएकव उनले जानकारी दिए।

नेपाली क्रिकेट इतिहासकै सबैभन्दा बढी नगद पुरस्कार राशी रहेको इपीएल आगामी डिसेम्बरमा हुँदैछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell