PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राजपालाई केपी ओलीको प्रश्नः राजनीति गर्नु छ कि छैन?



आकाश क्षेत्री

राजपालाई केपी ओलीको प्रश्नः राजनीति गर्नु छ कि छैन?

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई राजनीति गर्नु छ कि छैन भन्दै प्रश्न गरेका छन्। 

थाइल्याण्डबाट उपचार गराई फर्किएका ओलीले त्रिभुवन विमानस्थलको पत्रकार सम्मेलनमा एमाले नेतालाई बाधा खडा गरेको विषयमा प्रश्न उठाएका हुन्।

‘राजपाले संविधान र नियम कानुन विपरितका गतिविधि गर्दैछ, उसलाई राजनीति गर्नु छ कि छैन?’ ओलीले धम्किपूर्ण प्रश्न थपे, ‘हामी पनि राजपा जस्तै वहिष्कार र निषेधको राजनीतिमा उत्रियौं भने परिस्थिति के हुन्छ?’ उनले एमाले जिम्मेवार पार्टी भएको भन्दै त्यस्तो गतिविधि नगर्ने बताए।

अध्यक्ष ओलीले राजपाको गतिविधिबारे निर्वाचन आयोग र सरकारसँगसमेत प्रश्न गरे। ‘राजपाले ढुंगामुढा गरेको सही हो कि हैन?’ ओलीले भने, ‘म निर्वाचन आयोग र सरकारलाई पनि सोध्न चाहन्छु।’

ओलीले सरकारले म‌ंसिर १० गते र २१ गते दुई चरणमा चुनाव गराउने निर्णय प्रति पनि ओलीले आप्पत्ति जनाए।
 
‘निर्वाचन एकै चरणमा गर्नकै लागि निर्वाचन आयोगले ४ गतेका लागि प्रस्ताव गरेको निर्वाचन १० गते सारिएको हो, फेरी २१ गते  पुर्‍याइरहनु पर्ने र दोस्रो चरणमा गर्नुपर्ने आवस्यक्ता हामी देख्दैनौँ,' ओलीले भने, 'अर्को, मत पत्र छाप्ने लगायतको तयारीका लागि ४ गते  १० गते सारेको छ। कुनैकारणले भ्यार्इएन भने जिम्मेवार राजनीतिक दलहरुसँग परामर्श गरेर ‌‍औचित्यका आधारमा कति दिनसम्म भन्ने कुरा निर्वाचन आयोग गर्नेकुरा हो। त्यो कुरा मन्त्रीपरिसद्ले गर्ने कुरा होर्इन।‘

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell