PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलन सम्पन्न



पहिलोपोस्ट

बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलन सम्पन्न

कामठाडौः ११ औं बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलन अमेरिकामा सम्पन्न भएको छ। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित दुई दिने सम्मेलनमा विश्वका ६० मुलुकका प्रहरी अधिकारीको सहभागिता थियो।

सम्मेलनमा नेपालकातर्फबाट नेपाल प्रहरीका एआईजी बिजयकुमार भट्ट सहभागी थिए।


बौद्धिक सम्पत्ति चोरीविरुद्धको सम्मेलनमा सहभागी राष्ट्रले आफ्नो देशमा भएको गतिविधिबारे जानकारी गराएका थिए।

एआईजी भट्टले पनि नेपाल प्रहरीले गरेको अनुसन्धानका बारेमा जानकारी गराएको बताए।

कार्यक्रम फलदायी भएको र आगामी दिनमा पनि अन्यदेशका प्रहरीसँगको सहकार्यबारे छलफल भएको पनि उनले बताए।

सम्मेलन इन्टरपोल, अमेरिकी अध्यागमन, अमेरिकी राष्ट्रिय बौद्धिक सम्पत्ति अधिकार संरक्षण केन्द्र र अन्डर राइटर्स ल्याब्रोटरीज् र इन्टरनेशनल एन्टी–काउन्टरफ्रेटिङ् कोअलिसनको सहकार्यमा भएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell