PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मिनी म्याराथनको उपाधि रोशन गुरुङलाई 



नरहरि पौड्याल

मिनी म्याराथनको उपाधि रोशन गुरुङलाई 

पोखराः  पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भदौ १६ गतेदेखि २५ गतेसम्म आयोजना हुने सराङ्गकोट पर्यटन महोत्सवको पूर्वसन्ध्यामा आयोजना गरिएको मिनीम्याराथनको उपाधि रोशन गुरुङले जितेका छन्। 

दश किलोमिटर दौड लमजुङका रोशन गुरुङले जितेका हुन्। त्यस्तै, पोखरा मिरुवाका सन्दीप विक दोस्रो, सिम्पानी पोखराका सरोज थापा तेस्रो भए। 

पहिलो हुने गुरुङले ३७ मिनेट ४८ सेकेण्डमा दाैड पूरा गरेका थिए। त्यस्तै, दोस्रो र तेस्रो हुने विक र थापाले क्रमशः ३८ मिनेट ३० सेकेण्ड तथा ३९ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए।

विजेताले दश हजार नगद पुरस्कार र प्याराग्लाईडिङको टिकट जितेका छन्। दोस्रो हुनेले नगद सात हजार र जिप फ्लायरको टिकट पाएका छन् भने तेस्रो हुनेले नगद पाँच हजार जितेका छन्। 

त्यस्तै, सान्त्वना स्थान प्राप्त गर्ने तीन जनालाई एक हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

दौडमा ७८ जना स्वेदेशी तथा पाँच जना विदेशीले सहभागिता जनाएका थिए। मिनी म्याराथन पोखरा बागलुङ बसपार्कदेखि सराङकोट टपमा पुगेर सम्पन्न भएको थियो ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell