PahiloPost

Jun 24, 2026 | १० असार २०८३

देशभरका देवालय र शिवालयमा जल अभिषेक गरिने



रासस

काठमाडौँ :  राष्ट्रिय एकता अभियानले हिन्दू धर्मको रक्षाका लागि यही भदौ २० गतेदेखि आगामी असोज २५ गतेसम्म देशभरका प्राचीन महत्वका देवालय र शिवालयमा जल अभिषेक गर्ने भएको छ। 

नेपालका विभिन्न तीर्थस्थल तथा भारतका हरिद्धार, गंगाजमुना, सरस्वती, नर्मदा, कावेरी, चारधामलगायतका पवित्र नदी तथा तीर्थस्थलबाट ल्याइने जल ती मन्दिरमा चढाइने अभियानका संयोजक हरिबोल भट्टराईले जनकारी दिए। 

अभियानअन्तर्गत करिब एक महिनाको अवधिमा सम्बद्ध अभियन्ताले देशका ७५ जिल्ला सदरमुकाम पुगेर जल चढाउने छन्। 

मुलुकमा वैदिक सनातन मौलिक मूल्य मान्यता, पूर्वीय दर्शन, हिन्दूत्व र संस्कृतिको संरक्षणका साथै नेपाललाई सनतान हिन्दू राष्ट्रका रुपमा पुनःस्थापित गरी समाजिक सद्भाव तथा राष्ट्रिय एकता कायम हुने र दिगो शान्ति तथा समृद्धि प्राप्त हुने उनले बताए। 

विश्वको एक मात्र हिन्दू राष्ट्रका रुपमा रहेको नेपालमा अहिले विदेशी प्रभावबाट धर्ममाथि भइरहेको अतिक्रमणलाई अविलम्ब रोकेर यहाँ बसोवास गर्ने सबै जाति र समुदायका संस्कृतिसमेत संरक्षण गर्नुपर्ने अवस्था आइपरेको संयोजक भट्टराईले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell