PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

बैतडीको डिलासैनी गाउँपालिका मदिरा निषेधित क्षेत्र घोषणा



रासस

बैतडी :  बैतडीको डिलासैनी गाउँपालिकालाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। 

मदिराले समाजमा विकृति बढेको भन्दै महिला, बालबालिकालगायत विभिन्न सरोकारवालाले आवाज उठाएपछि गाउँपालिकालाई मदिरा निशेषेधित क्षेत्र घोषणा गरिएको स्थानीय शम्भु भट्टले जानकारी दिए । 

गाउँपालिकाका अध्यक्ष ओकेन्द्र्र बोहराको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकाका सबै वडामा मदिरा बेचबिखन र सेवन गर्न नदिने निर्णय गरेको छ।

गाउँपालिकाभित्र अनुमति पत्र लिएर सञ्चालनमा ल्याएका मदिरा पसलसमेत असोज महिनाभित्रमा बन्द गर्ने निर्णय गरेको छ। 

गाउँपालिकालाई मदिरा निशेधित क्षेत्र घोषणा गरिसकेपछि अब गाउँपालिका मदिरा बेचबिखन गर्न, सेवन गर्न र ओसारपसार गर्न पाइने छैन । मदिरा बेचबिखन, सेवन तथा ओसारपसार गरेको पाइएमा कारबाही गरिने अध्यक्ष बोहराले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell