PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अब अमेरिकामा हरेक हप्ता नेपाली फिल्म



पहिलोपोस्ट

अब अमेरिकामा हरेक हप्ता नेपाली फिल्म

काठमाडौं: अमेरिकामा हरेक साता नेपाली फिल्म प्रदर्शन हुने भएको छ। नेपाली मुभीज युएसको आयोजनामा नेपाली फिल्म दर्शकका लागि नयाँ पुरानो फिल्मको शो राखिने भएको हो। फिल्म प्रदर्शन न्यूयोर्कमा हुनेछ।

विदेशमा नेपाली फिल्म प्रवर्द्धनका लागि र अमेरिकामा रहेका नेपाली भाषीको लागि नेपाली फिल्म हेर्न सहज वातावरण सिर्जना गर्न साताव्यापी फिल्म प्रदर्शन सुरु गर्न लागेको आयोजक सदस्य साथै निर्देशक समेत रहेका उत्सव थपलियाले जानकारी दिए। उनका अनुसार नेपाली मौलिक फिल्मलाई प्राथमिकता दिंदै अन्य नयाँ तथा पुरानो फिल्म देखाइने भएको हो। आयोजक नेपाली मुभीज युएसले अमेरिकामा नेपाली फिल्मको प्रचार समेत गर्दै आएको छ।

हरेक हप्ता हुने यो फिल्म प्रदर्शन कार्यक्रमका लागि पहिलो शो फिल्म 'ए मेरो हजुर २'को राखिएको छ। पहिलो शो आउँदो सेप्टेम्बर ९, शनिबार हुने जानकारी आयोजक युनिटले दिएको छ। फिल्मको दुई शो बिहान ११ बजे र दिउँदो २ बजे राखिएको छ। न्युयोर्कमा हुने प्रदर्शनी गुलसन टेरेसमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell