PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि आह्वान



पहिलोपोस्ट

एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि आह्वान

काठमाडौं : नेपाल पत्रकार महासंघ तथा गैरआवासीय  नेपाली  संघको सहकार्यमा स्थापित एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७  का लागि  दरखास्त आह्वान गरिएको छ।

नेपाल पत्रकार महासंघ बेलायत र गैरआवासीय  नेपाली  संघ युकेको  विशेष  सक्रियतामा  स्थापना  गरिएको एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता  पुरस्कार हरेक दुई वर्षमा प्रदान गरिन्छ। १ लाख १ हजार रुपैयाँ राशीको पुरस्कार विदेशमा रहेका नेपालीका समस्या, खोजमूलक सामग्री हुनुपर्ने संस्थापकले जनाएका छन्। 

जुनसुकै मुलुकमा रहेर वा जुनसुकै भाषामा समाचार सामग्री तयार गर्ने संस्थाका पत्रकारले यसमा सहभागी हुन पाउनेछन्। उनीहरुले कम्तिमा पत्रकारिता गरेको भने हुनुपर्नेछ। बढीमा तीन खोजमूलक सामग्री र व्यक्तिगत विवरण [email protected] वा [email protected] मा पठाउन आग्रह गरिएको छ। कुनै पनि मिडियामा उत्पादित सामग्री पुरस्कारका लागि दावेदार हुन सक्ने जनाइएको छ। पुरस्कारका लागि दावी गर्ने मिति १५ सेप्टेम्बरसम्म तोकिएको छ।

समाचार सामग्रीलाई तीन जनाको निर्णायक मण्डलले परीक्षण गरी उत्कृष्ट ठहर्‍याउनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell