PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

परराष्ट्र नीतिका विषयमा मुलुकका सबै निकायको समान धारणा हुनुपर्छ : परराष्ट्रमन्त्री 



पहिलोपोस्ट

परराष्ट्र नीतिका विषयमा मुलुकका सबै निकायको समान धारणा हुनुपर्छ :  परराष्ट्रमन्त्री 

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा सरकार र पत्रकारको धारणा एकै हुनुपर्ने बताएका छन्। 

नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित कार्यसमितिसँगको भेटमा पराष्ट्रमन्त्री महराले परराष्ट्र नीतिका सम्बन्धमा मुलुकका सबै निकायका धारणामा एकरुपता ल्याउनुपर्ने बताए।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले मुलुकको विदेश नीतिका सम्बन्धमा पत्रकार महासङ्घले धारणा राख्दा परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर जानुपर्ने बताए । 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, नागरिक हित र राष्ट्रको पक्षमा पत्रकार महासङ्घ सधै उभिने बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell