
काठमाडौंः नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेपाली कांग्रेसले जनता झुक्याउने काम मात्र गरेको आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उपाध्यक्ष गौतमले कांग्रेसले सबैभन्दा धेरै पटक देशको सत्ता सम्हाले पनि जनताका लागि केही नगरेको आरोप लगाए।
उनले भने,‘सबैभन्दा धेरै समय नेपालमा शासन गर्ने पार्टी नेपाली कांग्रेस हो। राजाले नेपालमा जति काम गरे त्यसको दश भाग पनि काम नेपाली कांग्रेसले गरेको छैन। त्यसैले नेपाली कांग्रेस विकासवादी पार्टी होर्इन विकास विरोधी पार्टी हो।’
‘नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा सबैभन्दा पुरानो पार्टी र दोस्रो पुरानो नेपाल कम्युनिष्ट पार्टी हो। कम्युनिष्ट पार्टी जति पुरानो भएपनि नयाँ भर्इरहन्छ र नेपाली कांग्रेस पुरानोको पुरानै छ कहिल्यै नयाँ हुन सक्दैन। नेपाली कांग्रेसभित्र कहिल्यै पनि अग्रगामी विचार आउँदैन।’ गौतमले भने।