PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

भरतपुर बसपार्कमा प्रहरी जवानमाथि खुकुरी प्रहार



राजेन्द्र आचार्य

भरतपुर बसपार्कमा प्रहरी जवानमाथि खुकुरी प्रहार

चितवनः चितवनको नारायणगढमा ड्यूटीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार भएको छ। 

नारायणगढ बसपार्कमा ड्युटीमा रहेका प्रहरी जवान ताराप्रसाद पोखरेलमाथि खुकुरी प्रहार भएको हो। पोखरेलमाथि बुधबार दिउसो बसपार्कमा दिलिप सुनारले खुकुरी प्रहार गरेका हुन्। 

खुकुरी प्रहारबाट पोखरेलको टाउको र बायाँ कुममा चोट लागेको छ। उनको चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ।  

टाउकोमा चोट लागेको भए पनि पोखरेल खतरामुक्त रहेका उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

बसपार्कमा तास खेलिरहेको थाहा पाएपछि रोक्न खोज्दा आफूमाथि खुकुरी प्रहार भएको पोखरेलले बताएका छन्। सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell