
काठमाडौं : यही सेप्टेम्वर १ देखि ४ तारिखसम्म डोङ्गेमा हुने तेस्रो फियास प्रेसिडेन्ट कप खेल्न नेपाली साम्बो टोली बुधबार कोरिया प्रस्थान गरेको छ।
प्रतियोगितामा नेपालबाट ३ खेलाडीले सहभागिता जनाउनेछन्। उक्त प्रतियोगितामा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न लागको यो पहिलो पटक हो।
३ खेलाडीसँगै ६ सदस्यीय नेपाली टोली कोरिया गएका हुन्।
नेपालबाट जित बहादुर तामाङले ८२ केजी स्पोर्ट्सतर्फ, दिनेश महर्जनले ७४ केजी स्पोर्ट्सतर्फ तथा कृष्णलाल तामाङले ६२ केजी स्पोर्ट्स/कम्ब्याटतर्फ प्रतिस्पर्धा गर्नेछन्।
यस्तै खेलाडीसँगै नेपाल साम्बव फेडेरेसनका उपाध्यक्ष रमेश पौडेल, महासचिव उत्तम श्रेष्ठ र सदस्य सागर थापा प्रशिक्षकको भूमिकामा रहनेछन्।