
काठमाडौं : एन्फा फुटसल कमिटीको भोलीदेखि आयोजना हुने राष्ट्रिय फुटसल लिगको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ।
१६ टिमको सहभागिता रहने लिगका खेलहरु स्तुपा फुटसल बौद्ध र चौउर रक्रिएसन सेन्टरमा आयोजना हुनेछ।
नेपालले पहिलो पटक भाग लिन लागेको एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्सका लागि खेलाडी छनोट गर्न उक्त लिग आयोजना गर्न लागिएको हो।
लिगमा खुमलटार युवा क्लब, बीजी ब्रदर्स, किक अफ फुटसल, हरिसिद्धि फुटसल, खालीबारी फुटसल, स्वयम्भु रिक्रिएसन सेन्टर, धन्वन्तरी फुटसल, फुटसल भिलेज, सामाखुशी फुटसल, शैखमुल फुटसल, रजनी फुटसल, स्तुपा फुटसल, रेभ फुटसल सेन्टर, ढुकु फुटसल र चौउर रिक्रिएसन सेन्टरले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका लागि कूल ३० लाख बजेट लाग्ने र त्यसकव दुई भाग प्रायोजक टर्मपाइले तथा एक भाग एन्फाले बेहोर्नेछ।
लिगको विजेताले ५ लाख प्राप्त गर्नेछ भने उपविजेताले २ लाख ५० हजार हात पार्नेछ। यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २० हजार हात पार्नेछन्।
पलिगको खेल तालिकाको लागि यहाँ क्लिक गर्नुस्।