PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सडकको खाल्डोले टिपर चालकको ज्यान लियो



नरहरि पौड्याल

सडकको खाल्डोले टिपर चालकको ज्यान लियो

पोखरा : पोखरा महानगरपालिका अन्तर्गत पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने अर्घौचोकमा सडकको खाल्डो छल्न खोज्दा टिप्पर चालकको ज्यान गएको छ। सडकको खाल्टो छल्न खोज्दा विपरित दिशाबाट आएको सवारीसँग आपसमा ठक्कर खाँदा टिप्पर चालकको मृत्यु भएको हो।

पोखराबाट लेखनाथ तर्फ जादै गरेको ग१ख ३६०९ नम्बरको टिप्पर सडक खण्डमा पारेको खाल्टो छल्न खोज्दा लेखनाथबाट पोखरातर्फ आउदै गरेको ना ६ ख २३८० नम्वरको ट्रकसँग ठोक्कीदा महानगरपालिका वडा नं ५ मालेपाटनका ५० वर्षीय ट्रिपर चालक शेषकान्त अधिकारीको ज्यान गएको हो।

सवारी साधन आपसमा ठोक्किएर सख्त घाइते भएका अधिकारीलाई स्थानीय र सुरक्षाकर्मीको सहयोगमा च्याप्पिएको अवस्थामा बाहिर निकालेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याएका थिए। अधिकारीको क्षेत्रीय अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।

ट्रक चालक चितवन घर भएका जंगवहादुर लामाको अवस्था सामान्य रहेकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय कास्कीले नियन्त्रणमा लिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell