PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

उपचारका लागि अस्पताल ल्याइँदै गरेका विरामीको मोटरसाइकलबाट खसेर मृत्यु



पहिलोपोस्ट

उपचारका लागि अस्पताल ल्याइँदै गरेका विरामीको मोटरसाइकलबाट खसेर मृत्यु

बनेपा: काभ्रेपलाञ्चोकको पाँचखाल–२ बाट बिरामी भएका कारण उपचारका लागि अस्पताल ल्याइँदै गरेका एकजनाको मोटरसाइकलबाट खसेर गएराति मृत्यु भएको छ।

बा ८ प ५७४७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा खसेर धुलिखेलस्थित अस्पतालचोकमा गम्भीर घाइते भएका ५३ वर्षीय भुलुङ तामाङको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।

मोटरसाइकलमा सवार थप दुईजना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell