PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध



राजेन्द्र आचार्य

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन: गएरातिको अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डको चार किलो, पाँच किलो, नौ किलो, भालुढुंगा, तथा जलविरे लगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

चारकिलोमा पहिरोको कारण सडक समेत भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडक दुई मिटर भासिएको र साँझसम्म मर्मत गरि यातायात सञ्चालनमा ल्याइने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए।

पहिरो हटाउने काम सुरु गरिएको छ। 

पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका छन्। अहिले नारायणगढतर्फ आउने सवारी मुग्लिनमा र नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी जुगेडीमा रोकिएका छन्। पहिरोका कारण सडक पटक–पटक अवरुद्ध भइरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले आग्रह समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell