PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

दुर्घटनामा टिपर चालकको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा टिपर चालकको मृत्यु

पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–२६ सुन्दरबजारस्थित पृथ्वी राजमार्गमा बुधबार साँझ मिनि टिपर र ट्रक एकआपसमा ठोक्किँदा टिपर चालकको मृत्यु भएको छ।

पोखराबाट तालचोकतर्फ गइरहेको ग १ ख ३६०९ नम्बरको मिनि टिपर र विपरीत दिशाबाट पोखरातर्फ आइरहेको ना ६ ख २३८० नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा टिपर चालक ५० वर्षीय शेषकान्त अधिकारी सख्त घाइते भएका र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ।

स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका–६ गोथेडाँडा घर भई पोखरा लेखनाथ–७ जिरो किलोमिटरमा डेरा गरी बस्ने मृतक अधिकारीले सडकमा परेको खाल्टो छल्न खोज्दा टिपर ट्रकसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell