PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

सगरमाथाको गहिराइलार्इ 'पद्मश्री पुरस्कार'



पहिलोपोस्ट

सगरमाथाको गहिराइलार्इ 'पद्मश्री पुरस्कार'

काठमाडौं: यस वर्षको पद्मश्री पुरस्कार कवि नवराज पराजुलीको कविता संग्रह सगरमाथाको गहिराइलाई दिइएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठान, चितवनले पराजुलीको कविता संग्रहलार्इ पद्मश्री पुरस्कारका लागि छनोट गरेको हो।

मनोनयनमा जनकराज सापकोटाको कहर, कुमार नगरकोटीको घाटमाण्डु, राज सरगमको छाउघर, नविन विभासको रोल्पा सुइना र पराजुलीको सगरमाथाको गहिराइ परेका थिए। मनोनयनमा परेकोमध्ये पराजुलीको कृति सगरमाथाको गहिराइलाई पद्मश्री पुरस्कारमा छनोट गरिएको हो।

पुरस्कारको राशी दुई लाख रुपैयाँ रहेको छ।

यस्तै, २०७३ को पद्मश्री साधना सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रूपमा दिने निर्णय प्रतिष्ठानले गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell