PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

सिलवालको मुद्दामा आज पनि बहस हुँदै, आउला त आदेश?



पहिलोपोस्ट

सिलवालको मुद्दामा आज पनि बहस हुँदै, आउला त आदेश?

काठमाडौः नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्बन्धी मुद्दामा आज पनि सर्वोच्च अदालतमा बहस हुँदैछ। साउन २६ गते नै मुद्दामा आदेश आउने अनुमान गरिए पनि बहस लम्बिएको थियो। सरकारी वकिलका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठको बहस पछि आजका लागि पेसी तोकिएको थियो।

आज सरकारी वकिलका तर्फबाट बाँकी बहस हुनेछ। भने, निवेदन नवराज सिलवालका तर्फबाट संक्षिप्त जवाफ फर्काउने समय बेञ्चले दिनेछ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य छन्।

सरकारले जयबहादुर चन्दलाई आइजिपी बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवाल अगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो।

तर, आदेशविपरीत सरकारले चैत २८ गते आइजिपीमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो। उक्त नियुक्तिविरुद्ध सिलवाल पुनः सर्वोच्च पुगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell