नयाँदिल्लीः भारतको उत्तर प्रदेशको एक सरकारी अस्पतालमा ४२ बालबालिकाको मृत्यु भएको छ।
४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।
मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल कलेजका प्रचार्य डा पी के सिंहले जानकारी दिए।
यद्यपि स्थानीय केही सञ्चारमाध्यमहरूले ७२ घण्टाको अवधिमा ६१ जनाको मृत्यु भएको खबर लेखेका छन्। तर यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन।
विभिन्न अस्पतालहरूमा तीन हप्तामा ७० जना भन्दा बढीको मृत्यु भएको बताइएको छ। अक्सिजनको अभावलगायतका विभिन्न समस्या र रोगहरूका कारण उनीहरूको मृत्यु भएको अस्पतालका अधिकारीहरूले बताएका छन्।
प्रदेशकै सबैभन्दा ठूलो सो अस्पतालमा पुगेर मुख्यमन्त्री योगी आदित्यले विहारको आफ्नो निर्वाचन क्षेत्रका, उत्तर प्रदेशको अन्य छिमेकी जिल्ला र नेपालकासमेत गरी सयौं विरामीलाई भेटेका थिए। रासस/सिन्ह्वा