PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

चीनमा पहिरोमा परी ३० जनाको मृत्यु, १२ बेपत्ता



रासस

चीनमा पहिरोमा परी ३० जनाको मृत्यु, १२ बेपत्ता
फोटो श्रोतः climatesignals.org

बेइजिङ :  चीनको ग्रामीण क्षेत्रमा गएको पहिरोमा परी ३० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्।

चीनको दक्षिणपूर्वी प्रान्त गुइजोउमा पहिरोमा परी सोमबार २३ जनाको मृत्यु भएको छ भने बुधबार दोस्रो पहिरो गएर ७ जनाको मृत्यु भएको छ। 

पहिरोले ६ लाख क्युबिक मिटर ढुङगा माटो बगाएको सरकारी अधिकारीहरूले चिनियाँ समाचार एजेन्सी सिन्ह्वालाई जानकारी दिएका छन्। उनीहरूले हराइरहेका १२ जनाको खोजी कार्य पनि भइरहेको बताएका छन् । 

गत हप्तादेखि चीनका विभिन्न स्थानमा भारी वर्षा भएको छ। 

जुन र अगस्ट महिनामा चीनको दक्षिणपूर्वी क्षेत्रमा धेरै बाढी पहिरो गएको थियो। सिचुआन प्रान्तमा मात्रै ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने त्यत्तिकै संख्यामा बेपत्ता भएका छन्। 

केन्द्रीय हुनान प्रान्तमा जुलाई महिनामा मात्रै बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको छ। बाढी पहिरोले १६ लाख नागरिक आफ्नो घरबाट विस्थापित भएका छन्। 

गत हप्ता मात्रै आएको शक्तिशाली आँधी ‘हातो’ का कारण मकाउ, दक्षिणी हङकङका १८ जनाको मृत्यु भएको थियो। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell