PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

खगेन्द्र लामिछानेको 'खोक बहादुरको डण्डीबियो'



पहिलोपोस्ट

खगेन्द्र लामिछानेको 'खोक बहादुरको डण्डीबियो'

काठमाडौं: पशुपतीप्रसाद र धनपतीले पाएको सकारात्मक दर्शक प्रतिक्रिया पछि फिल्मकाे पटकथा लेखक खगेन्द्र लामिछनेको नयाँ फिल्म घोषणा भएको छ। उनले, अब 'खोक बहादुरको डण्डीबियो' बनाउने जानकारी सार्वजनिक भएको हो।

समृद्धी इन्टरटेनमेन्टको ब्यानरमा प्रस्तुत हुन लागेको फिल्मलाई लेखन तथा अभिनयमा पनि सक्रिय खगेन्द्रसँगै छेतेन गुरुङले लेखेका हुन्। फिल्मको घोषणा आधिकारिक पोस्टरमार्फत गरिएको छ। फिल्मको निर्माण युनिटको मात्र नाम समेटिएको पोस्टरमा कास्ट बारे जानकारी छैन। फिल्मको टाइप र ग्राफिक डिजानका लागि रहेका आनन्द कुमार महर्जनले डण्डीबियो खेल्न आउँछ? भन्ने प्रश्न सहित फिल्म बारे ट्विटरमार्फत जानकारी दिएका छन्।
 

सुमी श्रेष्ठ घले र बिनोद गुरुङले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मलाई लेखक समेत रहेका छेतेन गुरुङले निर्देशन गर्नेछन्। उनको यो डेब्यु निर्देशन हो। यसअघि उनले लेखेका दुई फिल्म नोभेम्बर रेन र डायरी सार्वजनिक छन्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell