PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

प्रधानमन्त्रीले भने– निर्वाचनमा तालमेलका लागि संवाद भइरहेको छ



रासस

प्रधानमन्त्रीले भने– निर्वाचनमा तालमेलका लागि संवाद भइरहेको छ

धनगढी :  प्रधानमन्त्री शेरबहादुर देउवाले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तह निर्वाचनमा कांग्रेसले अरु पार्टीसँग तालमेल गर्ने विषयमा संवाद गरिरहेको बताएका छन्। 

धनगढी विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले तालमेलका लागि सल्लाह भइरहेकाले आवश्यकता हेरेर गर्न सकिने बताए।

प्रधानमन्त्री देउवाले महाकाली नदीमा ‘चार लेन’को पुल निर्माण हुन लागेकाले यो निर्माणपछि ७ नं प्रदेशको समग्र विकासमा योगदान पुग्ने बताए। 

प्रधानमन्त्रीले भारतसँग भएको समझदारीअनुरुप पञ्चेश्वर परियोजनाका साथै, कञ्चनपुरमा ड्राइ पोर्ट (सुख्खा बन्दरगाह) निर्माण र गौरीफण्टा नाकाको स्तरोन्नति गर्ने काम कार्यान्वयनमा आउने विश्वास व्यक्त गरे। 

उनले ७ नं प्रदेशमा प्राविधिक शिक्षाको व्यवस्थाका लागि प्राविधिक इन्स्टिच्युट खोल्ने विषयमा पनि भारतसँग सहमति भएको जानकारी दिए। 

कञ्चनपुरको महाकाली नदीमा निर्माण हुन लागेको चार लेनको पुलको शिलान्यासका लागि प्रधानमन्त्री देउवा कञ्चनपुरतर्फ लागेका छन्। 

नेपालको आफ्नै लगानीमा पुल निर्माण हुन लागेको हो। 

चालू आर्थिक वर्षमा यो पुल निर्माणका लागि झण्डै एक अर्ब रकम विनियोजन गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell