PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

पोखरामा दुई समूहबीच झडप, दुई घाइते, पाँच प्रहरीको नियन्त्रणमा



पहिलोपोस्ट

पोखरामा दुई समूहबीच झडप, दुई घाइते, पाँच प्रहरीको नियन्त्रणमा

पोखराः  पोखराको छोरेपाटनस्थित तितेपानीमा युवाहरुको समूहबीच झडप भएको छ। झडपमा खुकुरी हानाहान हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ छोरेपटानका योगेन्द्र मल्ल र नयाँबजारका सुमन क्षेत्री छन्। उनीहरुको पोखराको बिरौटास्थित नमस्ते हस्पिटलमा उपचार भईरहेको छ। 

घटनामा संलग्न पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा ८ न्युरोडका नितेस मगर, सुमित राई, नयाँबजारका बाबुराम शर्मा, सपुन मल्ल र घारीपाटनका सुवोध गुरुङ छन्। 

उनीहरुको साथबाट प्रहरीले खुकुरी, मोटरसाईकल बरामद गरेको प्रहरीले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell