PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

राप्रपा (प्रजातान्त्रिक) ले टुङ्ग्यायो मन्त्रीको नाम, भोलि सरकारमा सहभागी हुने



आकाश क्षेत्री

राप्रपा (प्रजातान्त्रिक) ले टुङ्ग्यायो मन्त्रीको नाम, भोलि सरकारमा सहभागी हुने

काठमाडौंः  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)  सरकारमा जाने भएको छ। 

राप्रपा (प्रजातान्त्रिक)ले सरकारमा सहभागी हुने नेताको सूची तयार गरिसकेको र अब सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरी अगाडि बढ्ने नेता सुनिलबहादुर थापाले पहिलोपोस्टलार्इ जानकारी दिए।

थापाले भने,‘आज बेलुका प्रचण्ड काठमाडौं आउनुहुन्छ, उहाँसँग छलफल गरेर भोलि हामी सरकारमा सहभागी हुन्छौं।’

थापाका अनुसार राप्रपा(प्रजातान्त्रिक)बाट ४ मन्त्री र २ राज्यमन्त्री सरकारमा सहभागी हुनेछन्।

राप्रपा (प्रजातान्त्रिक)ले सुनिलबहादुर थापा, बिक्रम पाण्डे, दीपक बोहोरा र रामकुमार सुब्बालाई सरकारमा पठाउने भएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell