PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

मुम्बईमा भवन भत्किँदा ४० जना पुरिए, उद्धार जारी



रासस

मुम्बईमा भवन भत्किँदा ४० जना पुरिए, उद्धार जारी
फोटो श्रोतः ndtv.com

मुम्बई : भारतको मुम्बईमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ। 

ती व्यक्तिको जिवीतै उद्धारका लागि ठूलो सङ्ख्याका उद्धारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका समाचारमा जनाइएको छ। 

मुम्बईको बजार इलाकाकै चार तल्ले भवन बिहीबार बिहान ८ः४० मा भत्किएको थियो। त्यसमा परी अहिलेसम्म तीनजनाको ज्यान गइसकेको छ। बाँकी अरु सोही भत्किएको भवनमा पुरिएर रहेको आशङ्का गरिएको छ। 

मुम्बईमा दुई दिनदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण पनि भवन भत्किएको अुनमान गरिएको छ। भत्किएको भवनमा परी पुरिएका वा च्यापिएका व्यक्तिको उद्वारका लागि ठूलो सङ्ख्याका अधिकारी खटिएको बताइएको छ। 

प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले दिएको जानकारीअनुसार भत्किएको भवनको भग्नावशेषबाट तीन जनाको शव निकाएको छ। 
ती अधिकारीले चार जनालाई जिवीतै उद्वार गरिएको पनि जनाएका छन्। 

भारतीय प्रहरीको विशेष कमाण्डोसम्मिलत ४३ जनाले उद्वारको कार्य जारी राखेको बताइएको छ। उनीहरुले दिएको जानकारीअनुसार सो भवनमा ९ जनाको परिवार बसोबास गर्दै आएको थियो। 

मुम्बईमा भारी वर्षा जारी, १० को मृत्यु 

यसैबीच अविरल वर्षाका कारण बुधबार रातिसम्ममा मुम्बईमा १० जनाको ज्यान गएको छ। 

मुम्बईको प्राकृतिक प्रकोप उद्वार कार्यान्वयन समितिले वर्षाका कारण उनीहरुको मृत्यु भएको जानकारी दिएको हो।

प्राप्त पछिल्लो समाचारअनुसार भारी वर्षाका कारण यहाँका विद्यालयहरु बुधबारदेखि नै बन्द गरिएको छ। त्यस्तै यातायातका साधन, ब्यापार र होटल प्रतिष्ठानहरु पनि बुधबार बन्द थिए। यी कार्यालयहरु बिहीबार पनि खुलेका छैनन्। 

भारतको आर्थिक राजधानी मानिने मुम्बईमा गत सोमबार बेलुकीदेखि वर्षा भइरहेको छ। जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ। 

गएका केही दिनयतादेखि दक्षिण एसियामा सक्रिय मनसुनले ठूलो क्षति पुर्याएको छ। वर्षाका कारण भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell