PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

हतियार देखाएर रकम असुली गर्ने दुई जना काठमाडौंबाट पक्राउ



पहिलोपोस्ट

हतियार देखाएर रकम असुली गर्ने दुई जना काठमाडौंबाट पक्राउ

काठमाडौः प्रहरीले काठमाडौंमा हतियार देखाएर रकम असुली गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान कान्छा लामा र विराज तामाङलाई पक्राउ गरेको हो। 

प्रहरीले उनीहरुको साथबाट एक थान चिनियाँ पेस्तोल र केही राउण्ड गोली गरेको महानगरीय प्रहरी आयुक्त एआईजी जयबहादुर चन्दले जानकारी दिए।

प्रहरीले सञ्चालन गरेको गुण्डागर्दी तथा आपराधिक गतिविधि नियन्त्रण अभियान अनुसार उपत्यकाभित्रका गुण्डागर्दीमा संलग्नलाई नियन्त्रणमा लिदै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell