बलिउड अभिनेत्री प्रियङ्का चोपडाको हलिउड अभिनय यात्राले राम्रो गती लिंदैछ। उनको नयाँ हलिउड भेन्चर बारे फ्यानहरुको जिज्ञासा सामाजिक सञ्जालमा पनि देख्न सकिन्छ। बेवाचबाट हलिउड डेब्यु गरेकी प्रियङ्काले अन्य दुई हलिउड फिल्म साइन गरिसकेको खबर केही समय अगाडी सार्वजनिक भएको थियो। तर दुबै फिल्ममा उनी मुख्य अभिनेत्री भने होइनन्।
हालै अर्को नयाँ फिल्ममा उनको अभिनय रहने खबर बलिउड हंगामाले उल्लेख गरेको छ। डेब्यु फिल्म बेवाचकै निर्देशक सेथ गोर्डनको निर्देशन रहने फिल्ममा उनले अभिनय गर्ने भएकी हुन्। प्रियङ्का निकट हलिउड अभिनेत्री मुबिना र्याशटोन्सीको मुख्य अभिनय रहनेछ। फिल्ममा प्रियङ्का चोपडाले वकिलको भूमिका निर्वाह गर्ने जनाइएको छ। फिल्म बारे अन्य जानकारी भने सार्वजनिक भएको छैन। प्रियङ्काले हालसम्म कुनै पनि बलिउडमा फिल्ममा वकिलको भूमिकामा देखिएकी छैनन्।
हलिउड फिल्मको पूर्ण जानकारी आउनु अघि प्रियङ्का आफ्नो फिल्म निर्माण कम्पनी पर्पल पेबलको ब्यानरमा बन्ने फिल्म र केही क्षेत्रिय फिल्ममा ध्यान दिन चाहन्छिन्। उनले नेपाली भाषाको सिक्किमी फिल्म 'पाहुना' टोरन्टो फिल्म महवत्सवमा प्रदर्शनको लागि छानिएको छ।