PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ



पहिलोपोस्ट

नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने पक्राउ

काठमाडौंः नक्कली सुन देखाई नगद तथा सुनका गहना ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

 महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रामेछापका मोहन कुमार तामाङलाई पक्राउ गरेको हो। प्रहरीले तामाङलाई बाँसबारीबाट ठगी गर्न प्रयोग गर्ने सुनको बिस्कुट जस्तो देखिने पहेलो धातुको टुक्रासहित पक्राउ गरेको हो । 

तामाङले नक्कली सुनलाई सक्कली सुन हो भनी रुमालमा पोको पारी देखाई यो सुन बिक्री गरेमा दुबैलाई फाईदा हुने भनी ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell