PahiloPost

May 4, 2026 | २१ बैशाख २०८३

फिल्म 'रोमियो'को दोहामा बकर इद विशेष प्रदर्शन



पहिलोपोस्ट

फिल्म 'रोमियो'को दोहामा बकर इद विशेष प्रदर्शन

काठमाडौं: फिल्मको विदेश प्रदर्शनी प्रचारको नयाँ माध्यम बनेको छ। रिलिज अघि विदेशमा प्रिमियर शो र त्यसपछि नेपालमा विशेष शो राख्ने निर्माताहरु बढ्दो छन्। फिल्म निर्माता हसनराजा खान पनि सोही लर्कोमा उभिएका छन्। उनले आफू निर्मित फिल्म ‘रोमियो’को प्रिमियर कतारमा गर्ने भएका हुन्।

ईस्लाम धर्मको महान पर्व बकर इदको अवसरमा फिल्मको दोहा प्रदर्शनी हुने भएको हो। फिल्मको पहिलो प्रदर्शनको लागि हसनराजा पनि दोहा पुगेका छन्। आउँदो शनिबार र आइतबार दोहामा शो हुने बारे हसनराजाले पुष्टि गरेका छन्। दोहास्थित ग्राण्डमलमा कतारको समय अनुसार साढे ३ बजे फिल्म प्रदर्शन हुनेछ।

दुईपटक रिलिज टार्गैट मिट गर्न नसकेको फिल्म रोमियो अन्तत कार्तिक १७ गतेबाट प्रदर्शनमा आउने बताइएको छ। फिल्मलाई संकर कार्कीले निर्देशन गरेको फिल्ममा पहिलो मुस्लिम अभिनेत्री ओसिमा बानुले डेब्यु गर्दै छिन्। फिल्ममा निशा अधिकारी, मेलिना मानन्धर, भानु प्रताप, बिकास खतिवडा, बिपेन गुरुङ लगायत कलाकारको मुख्य अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell