
विश्वका सबैभन्दा धेरै कमाउने कलाकारको सूची जारी गरेको फोब्सले बलिउडमा सबैभन्दा धेरै कमाउने १० कलाकारको सुची जारी गरेको छ। विश्वका सबैभन्दा धेरै कमाउनेको सूचीमा अटाएका शाहरुख खान, सलमान खान र अक्षयकुमारले बलिउडमा पनि क्रमश: पहिलो, दोस्रो र तेस्रो स्थान लिएका छन्।
फोब्सले बलिउडका धेरै कमाउने कलाकार र तिनको आम्दानी केबाट भयो भन्नेसमेत खुलाएको छ। २०१६ को जुन १ देखि २०१७ को जुन १ सम्म उनीहरुले गरेको आम्दानीका आधारमा यो सूची जारी भएको हो। बक्स अफिस इन्डिया, बक्स अफिस मोजो, आइएमडीबी र प्रेस इन्टर्भ्यूलाई आधार मानेर फोब्सले सूची जारी गरेको जनाएको छ।
१. शाहरुख खान
३ करोड ८० लाख अमेरिकी डलर अर्थात् २ सय ४३ करोड भारतीय रुपैयाँ आम्दानी गरेका शाहरुख खानले पहिलो स्थान कब्जा गरेका छन्। रइस फिल्मका हिरो र धेरै कम्पनीका ब्रान्ड एम्बेस्डर शाहरुख विश्वमै धेरै कमाउने शीर्ष १० मध्ये ८ औं स्थान ओगट्न सफल बलिउडकर्मी हुन्।
२. सलमान खान
सलमान खान ३ करोड ७० लाख अर्थात् २ सय ३६ करोडसहित बढी कमाइ गर्ने दोस्रो स्थानमा रहे। यद्यपि उनको यस वर्ष रिलिज भएको फिल्म ट्युवलाइट बक्स अफिसमा फ्लप भएको थियो। रियालिटी टेलिभिजन सो बिग बोसबाट उनले राम्रो आम्दानी गरे। उनी विश्वका धनी कलाकारको सूचीमा नवौं स्थानमा छन्।
३. अक्षय कुमार
सन् २०१६ अक्षय कुमारका लागि निक्कै फलदायी रह्यो। यो वर्ष उनले ३ करोड ५५ लाख डलर अर्थात् २ सय २४ करोड रुपैयाँ कमाए। उनका जोली एलएलबी, हाउसफुल थ्री र रुस्तम सफल फिल्म थिए जसले आम्दानी बढाउन सघायो। विश्वका १० धेरै कमाउने कलाकारमा उनी दशौं स्थानमा छन्।
४. आमिर खान
आमिर खानले बलिउडमा आफूलाई बलियो रुपमा स्थापित गरे तर पनि शाहरुख, सलमान र अक्षयलाई जित्न सकेनन्। आमिर खानले १ करोड २५ लाख डलर अर्थात् ८० करोड भारु कमाए। तर, तेस्रो स्थानमा रहेका अक्षयकुमारको भन्दा यो धेरै कम आम्दानी हो। उनको दङ्गल फिल्मले तहल्का मच्चाउनेगरी कमाइ गरिरहेको छ।५. हृतीक रोशन
एक करोड १५ लाख डलर अर्थात् ७३ करोड ६० लाख रुपैयाँसहित हृतीक रोशनले पाँचौ स्थान लिए। काबिल, मोहेनजोदारो र धेरै ब्रान्डको विज्ञापनमा देखिएका उनको फिल्महरु भने सफल रहेनन्।
६. दीपिका पादुकोण
१ करोड १० लाख अर्थात् ७० करोड भारुसहित दीपिका पदुकोण बलिउडको धेरै कमाउने शीर्ष १० भित्र अटाउन सकिन्। गत वर्ष ट्रिपल एक्स : रिटर्न अफ जेन्डर केजबाट उनको हलिउड डेब्यु गरेकी उनले थुप्रै ब्रान्ड इन्डोर्समेन्ट गरिन्। उनको आम्दानीले भारतमा सबैभन्दा बढी कमाउने हिरोइनमा उनको नाम स्थापित भयो तर पनि विश्वमा धेरै कमाउने फिमेल एक्टरहरु इम्मा स्टोन (२ करोड ६० लाख डलर)भन्दा धेरै टाढा छिन्। बलिउडका धेरै कमाउने शाहरुखको कमाइको एक तिहाइमात्र उनले आम्दानी गरिन्।
७. रणवीर सिंह
बक्स अफिसमा फिल्म बेफिक्रीले गतिलो आम्दानी नगरे पनि रणवीर कपुरले एक वर्षमा एक करोड डलर अर्थात् ६४ करोड आम्दानी गरे। उनी केही विज्ञापनमा समेत देखिएका छन्।
७. प्रियङ्का चोपडा
हलिउड एक्सपोजर धेरै मिले पनि प्रियङ्का चोपडाले धेरै कमाउने सूचीमा आफूलाई सातौ स्थानमा मात्रै सुरक्षित गर्न सकिन्। रणवीर कपुरजति नै आम्दानी (१ करोड डलर) गरेकी उनलाई एबीसी ड्रामा, क्वान्टिको, बे वाच र धेरै ब्रान्डसँग जोडिएको देखियो।
९. अमिताभ बच्चन
अमिताभ बच्चनले एक वर्षमा ९० लाख डलर अर्थात् ५७ करोड रुपैयाँ आम्दानी गरे। पिङ्क उनको सफल फिल्म रह्यो र ब्रान्ड इन्डोर्समेन्टले पनि उनको आम्दानी माथि पुर्यायो। यस वर्ष उनी कौन बनेगा करोडपतिमा आउने छन् जसले उनको आम्दानी माथि पुर्याेउने छ।१०. रणवीर कपुर
रणवीर कपुर सूचीको अन्तिममा छन्। उनले यो वर्ष ८५ लाख डलर अर्थात् ५४ करोड आम्दानी गरे। करण जोहरको ए दिल है मुसकिल उनको एकमात्र फिल्म यो वर्ष आयो।