PahiloPost

Mar 31, 2026 | १७ चैत्र २०८२

बिआरआइमा रहेर नेपालले व्यापार विस्तार गर्नुपर्छः परराष्ट्रमन्त्री



पहिलोपोस्ट

बिआरआइमा रहेर नेपालले व्यापार विस्तार गर्नुपर्छः परराष्ट्रमन्त्री

काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चीनले सुरु गरेको बेल्ट एन्ड रोड इनिसेयटिभ(बिआरआइ) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताएका छन्।

नेपाल चाइनिज गाइड एसोसियसन (नेगा)को बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री महराले नेपालले बिआरआइबाट फाइदा लिन सक्नुपर्ने बताए। 

द्रुत विकासमा लक्षित चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले भने, ‘चीनको समृद्धिमा हामी खुसी छौं, त्यसबाट हामी फाइदा लिन चाहन्छौं।’

उनले नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन पथ प्रदर्शकहरुको महत्वपूर्ण भूमिका हुने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell