PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

उपेन्द्र यादवको पार्टीका ६ जिल्लामा ३६ जना ‘यादव’ उम्मेदवार



राधेश्याम पटेल

उपेन्द्र यादवको पार्टीका ६ जिल्लामा ३६ जना ‘यादव’ उम्मेदवार

वीरगञ्ज : उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दुई नम्बर प्रदेशको असोज २ को निर्वाचनको लागि ८ जिल्ला मध्ये ६ जिल्लामा करिब ९० प्रतिशत उम्मेदवार घोषणा गरेको छ। 

स्थानीय तहको नगरपालिका र गाउँपालिकाको लागि पार्टीले मंगलबार अबेर राति ६ जिल्लाका उम्मदेवारहरुको नामावली सार्वजनिक गरेको हो। काठमाडौँमा हिजो बसेको कार्य सम्पादन समितिले उम्मेदवारको नामावली सार्वजनिक गरेको हो।

फोरम नेपालले सर्लाही, महोत्तरीबाहेक पर्सा, बारा, रौतहट, धनुषा, सिरहा र सप्तरी गरी ६ जिल्लाको नामावली सार्वजनिक गरेको छ। फोरमले ६ जिल्लाको ६४ वटा नगरपालिका र गाउँपालिकाको चुनावमा ३६ जना महिला/पुरुष गरी यादव उम्मेदवारलाई टिकट दिएको देखिन्छ जसमा सबैभन्दा बढी सिरहामा १२, सप्तरीमा १०, रौतहतमा ७, बारामा ३ र पर्सा र धनुषामा २/२ जना गरी कूल ३६ जना महिला पुरुषलाई टिकट दिइएको देखिन्छ। त्यसैगरी ८ जना मुस्लिम उम्मेदवारलाई फोरमले टिकट दिएको छ।

फोरमले वीरगञ्ज महानगरपालिकाको मेयरमा व्यवसायी विजय सरावगीलाई टिकट दिएको छ भन्ने वीरगञ्जकै उपमेयरमा संघीय समाजवादी फोरम नेपाल पर्सा अध्यक्ष प्रदीप यादवकी पत्नी पिंकी देवी यादवलाई टिकट दिएको छ  सरावगी ट्रेडिग र वित्तीय संस्थाका सञ्चालक हुन् भने पिंकी मनियारीको प्राथमिक विद्यालयमा राहत कोटामा शिक्षण गरेको अनुभव छ।

पर्साकै केन्द्रमा रहेको पुरानो बजार पोखरिया नगरपालिकामा फोरमले प्रद्युमन चौहान र सञ्चारकर्मी सल्मा खातुनलाई टिकट दिएको छ। पहिलो संविधानसभामा एमालेबाट पर्साको क्षेत्र नं ३ को सभासद् समेत रहेका चौहान गत बैशाखमा फोरममा प्रवेश गरेका थिए। उपमेयरकी उम्मेदवार सल्मा खातुन वीरगंञ्जकै नारायणी एफएम तथा विभिन्न सामाजिक संस्थामा काम गर्दै आएकी छन्। 

पर्साको बहुदरमाई नगरपालिकामा मेयरको उम्मेदवारमा पन्नालाल प्रसादलाई टिकट दिइएको छ भन्ने उपमेयरको नाम हाल टुंग्याइएको छैन। पर्सागढी नगरपालिका र ठोरी गाउँपालिकामा फोरमले उम्मेदवार चयन गर्न बाँकी राखेको छ।

फोरमले बाराको सदरमुकाम कलैया उपमहानगरपालिकामा मेयरमा प्रमोद गुप्तालाई लडाउने निर्णय गरेको छ भन्ने उपमेयर चयन गर्न बाँकी राखेको छ। अर्को प्रमुख जीतपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र कोहल्बी नगरपालिकामा पनि फोरमले उम्मेदवार चयन गर्न बाँकी राखेको छ। 

रौतहटमा प्रदेश नं २ कै सबैभन्दा बढी नगरपालिका रहेको छ। रौतहटमा ११ वटा नगरपालिका रहेको देखिन्छ जसमा चन्द्रनिगाहपुर नगरपालिलकाको उम्मेदवार चयन गर्न बाँकी छ। फोरमले गौर नगरपालिकामा गौरीशंकर प्रसाद यादवलाई मेयर बनाएको छ भने उपमेयरको नाम खाली राखेको छ।

त्यस्तै गरुडा नगरपालिकामा ईन्दु यादवलाई मेयरको उम्मेदवार बनाइएको छ। त्यसैगरी दुई नम्बर प्रदेशमा पर्ने जनकपुर उपमहानगरपालिकामा पनि फोरमले उम्मदेवारी तय गर्न बाँकी छ। 

सप्तरीको राजविराज नगरपालिकामा भीमराज यादवलाई मेयर र किरणकुमारी साहलाई उपमेयरको उम्मेदवार बनाइएको छ। सिराहाको लहान नगरपालिकामा बैद्यनाथ साहलाई मेयर र रीता यादवलाई उपमेयरको टिकट दिने निर्णय फोरमले गरेको छ। 

यस्तो छ नामावली

पर्सा
१.    वीरगञ्ज महानगर    विजय सरावगी/पिंकीदेवी यादव        
२.    पोखरीया नपा    प्रद्युमन चौहान/सल्मा खातुन        
३.    बहुदरमाई नपा    पन्नालाल प्रसाद            
४.    छिपहरमाई गापा            ईन्द्राशन कलवार/किचकली देवी
५.    धोबिनी गापा            सुशीलादेवी चौहान/पारसप्रसाद पटेल
६.    जगरनाथपुर गापा            कृष्णमोहन प्र.यादव/विस्मिल्ला खातुन
७.    पाकाहामैनपुर गापा            विजय चौरसिया/कुष्मी देवी
८.    सुखवाप्रसौनी गापा            प्रदीप जैजवाल/फूलमति थरुनी
९.    पटेर्वासुगौली गापा                पुरेन्द्र राउत थारु

बारा

१.    कलैया उपमहानगर    प्रमोद प्र. गुप्ता            
२.    सिम्रौनगढ नपा    पन्नालाल कुशवाहा/शैलदेवी यादव        
३.    महागढिमाई नपा    शारदाशंकर कलवार/रमावतीदेवी चौरसिया        
४.    आदर्श कोटवाल गापा        मुस्तफा अन्सारी    
५.    स्वर्ण गापा            महेन्द्र यादव/बविता यादव
६.    देवतालमाई गापा            उदय प्र.यादव    
७.    फोटा गापा            अमिरी प्रसाद/कमरुल खातुन
८.    बारागढि गापा            अशोक जैसवाल    
९.    करैयामाई गापा            शम्भुप्रसाद यादव/लिला देवी
१०.    विश्रामपुर गापा                अन्वरी वेगम
११.    प्रसौनी गापा            विनोद पाल/शिला कु. तेली

रौतहट

१.    गौर नपा     गौरीशंकर प्र. यादव            
२.    इशनाथ नपा    माधुरी सिन्हा        
३.    देवाही नपा    धमेन्द्र पटेल            
४.    माधवनारायण नपा    वीरेन्द्र यादव/बालकुमारी चौधरी        
५.    कटहरिया नपा    जवाहरलाल यादव            
६.    फतुहा नपा    अजय यादव/चन्दा चौधरी        
७.    मौलापुर नपा    रामएकबाल यादव            
८.    राजपुर नपा    डा. अब्दुल सम्मद            
९.    गरुडा नपा    इन्दु यादव            
१०.    गढिमाई नपा    तपेन्द्र यादव            
११.    यमुनामाई गापा    मोहम्द राउत

धनुषा


१.    धनुषाधाम नपा    ज्ञानकुमार यादव/बन्दना कर्ण        
२.    नगराइन नपा    मन्सुर रहिम/रञ्जीता देवी पासवान        
३.    मिथिला नपा    भोला महतो/मनमाया लामा        
४.    गणेशमान सारनाथ नपा    रामबाबु यादव/निशा मोक्तान        
५.    हंशपुर नपा    रामनारायण कापरी/शिवकुमारी मुखिया        

सिरहा


१.    लहान नपा    वैद्यनाथ साह/रिता यादव        
२.    गोलबजार नपा    कष्ण कु सिंह/रेनुका यादव        
३.    धनगढि नपा    योगीलाल साह            
४.    सिरहा नपा    अशेश्वर यादव            
५.    कल्याणपुर नपा    प्रदीपकुमार साह/संगीताकुमारी देवी यादव        
६.    सुखीपुर नपा    लक्ष्मण चौधरी        
७.    कर्जनहा नपा    श्रीकिशुन यादव/उर्मिला देवी महतो        
८.    भगवानपुर गापा            बेचन यादव/सीता देवी यादव
९.    औरही गापा            शिवजी यादव    
१०.    नरहा गापा            रामशोभारथ यादव    
११.    सखुवा नन्कारकटी गापा            रामनरायण यादव/शोभाकुमारी यादव
१२.    अर्नामा गापा            अशोक कुमार यादव/रेखाकुमारी यादव

सप्तरी


१.    राजविराज नपा    भीमराज यादव/किरण कु. साह        
२.    कंचनपुर नपा    सुदम्बर यादव/मिना ठाकुर        
३.    कंकालिनी हनुमान नपा    वीरेन्द्र माझी/सियावतीदेवी यादव        
४.    सुरगा नपा    महेन्द्र चौधरी/प्रेमा कुमारी थापा        
५.    शम्भुनाथ नपा    कान्तलाल चौधरी/निर्मलाकुमारी साह        
६.    डाकनेश्वरी नपा    बेचु साह/मिरा कु. यादव        
७.    सप्तकोषी नपा    उमेश यादव/मिश्रा राई        
८.    महादेवा गापा            दीपक यादव/ममता यादव
९.    तिरहुत गापा            हेमन्त कु. बहडखेर/तीर्थमाया मण्डल
१०.    कृष्ण सबरण            हरिनन्दन साह/रमिता देवी सदा
११.    इटहरी विसनपुर गापा            उमेश कु. यादव/उषा कु. साह
१२.    छिन्नमस्ता गापा            केदार प्र . यादव/तृष्ण कुमारी मण्डल
१३.    बलानविहल गापा            दयानन्द गोईत/रुबीकुमारी गुप्ता
१४.    तिलाठी कोइलाडी            नबिन झा/चन्द्रिका देवी यादव
१५.    खडग गापा            हुमायु हक/केन्द्रुलाकुमारी देवी झा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell